राजतन्त्र बिउँतिन नसक्ने एमाले अध्यक्षको ठोकुवा

२५ असार २०६९, सोमबार १७:४१ मा प्रकाशित

काठमाडौ, २५ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकमा राजनीतिक सङ्कट रहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाहले सक्रिय हुन खोजेको आरोप लगाउनुभएको छ । सेती अन्चलस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणका लागि धनगढी पुग्नुभएका अध्यक्ष खनालले पूर्व राजाको कुनै पनि उद्देश्य सफल नहुने दाबी गर्नुभयो । प्रेस चौतारीले गरेकोकार्यक्रममा खनालले अब नेपालमा कसैले चाहँदैमा राजतन्त्र बिउँतिन सक्ने सम्भावना नरहेको ठोकुवा गर्नुभयो । अन्चलस्तरीय भेलामा सहभागी हुन केन्द्रीयस्तरका नेताहरू धनगढी पुग्नुभएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी