कार्यकारी आदेश बिरुद्ध एप्पल र माइक्रोसफ्ट सहितका ९७ कम्पनीद्वारा अदालतमा मुद्धा दायर

२५ माघ २०७३, मंगलवार ०१:४३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २५ माघ । राष्ट्रपति डोनाल्ड ट्रंपले गत साता कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध बिरुद्ध सूचना र प्रविधिको क्षेत्रमा नेतृत्व गरिरहेका सिलिकन भ्यालीका प्रतिष्ठित कम्पनीहरुले अदालतको ढोका ढकढकाएका छन् । सूचना र प्रविधिको क्षेत्रमा महारथी मानिने एप्पल, गुगल र माइक्रोसफ्ट समेत सिलिकन भ्यालीका ९७ कम्पनीले राष्ट्रपति ट्रंपको कार्यकारी आदेश अमेरिकी कानुन र संबिधान बिरुद्ध भएको आरोप लगाउदै अदालत पुगेका हुन् ।

आइतबार ९७ कम्पनीको तर्फबाट अदालतमा दायर गरिएको मुद्धामा दावी गरिएको छ, ‘अचानक अमेरिका प्रवेशमा गरिएको परिवर्तनले सूचना र प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुले ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।’ आइतबार दायर गरिएको मुद्धामा सूचना र प्रविधिलाई आधार मानेर ब्याबसाय गरिरहेका उबर, ट्विटर र नेटफ्लिक्सले समेत समर्थन जनाएका छन् ।

आइतबार सिलिकन भ्यालीका ९७ कम्पनीको तर्फबाट नाइन्थ सर्किट कोर्ट अफ अपिलमा मुद्धा दायर गरिएको थियो । यस अघि शुक्रबार ट्रंप प्रशासनको तर्फबाट डिपार्टमेन्ट अफ जस्टिसले कार्यकारी आदेश पुन: लागु गराउन दिएको पुनरावेदनको अपिल अमेरिकी अदालतले खारेज गरिसकेको छ ।

सूचना र प्रविधिको क्षेत्रमा नेतृत्व गरिरहेका सिलिकन भ्यालीका प्रतिष्ठित कम्पनीहरुले आइतबार हालेको मुद्धाको पक्षमा फेसबुक, इबे, इण्टल र सूचना र प्रविधिलाई आधार मानेर ब्याबसाय गरिरहेका कम्पनी लेबी स्ट्रास र चोबानीले समेत साथ् दिएका छन् ।

(एप्पल सीइओ टिम कुक. तस्बिर: एपी)

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद