मोर्चाका नेतालाई प्रधानमन्त्री दाहालले भने, ‘संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुँदैन’

२२ माघ २०७३, शनिबार ०१:११ मा प्रकाशित

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नगरी स्थानीय निर्वाचन नहुने बताएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार दलका नेतासंगको भेटमा सरकारले निर्वाचन आयोगलाई जेठ १० भित्र स्थानीय निर्वाचन गर्न भन्दै पत्राचार गरेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताउदै संबिधान संसोधन नगरी स्थानीय निर्वाचन नहुने जानकारी दिएका हुन् ।

स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी दलका नेतासंगको भेटमा भने, ‘मन्त्रिपरिषदको निर्णयमा स्थानीय निर्वाचन तयारी गर्न आयोगलाई पत्राचारसम्म गरेको हो । आगामी वैशाख मसान्तदेखि जेठ १० भित्र निर्वाचन हुने गरी तयारी गर भनेको होइन । नतो किएको मिति सञ्चारमाध्यममा आउँदा म आश्चर्य परेकोछु ।’

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘यो बैठकको उद्देश्य मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय स्पष्ट गर्नु र गत सोमबार बसेको सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र र मोर्चाको बैठकले गठन गरेको तीन सदस्यीय संविधान परिमार्जन कार्यदलको कार्य प्रगतिका बारेमा जानकारी गराउनु हो ।’

दाहालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति नतोकेको र स्थानीय निकाय वा तह भन्ने कुरा पनि उल्लेख नगरेकोमा सञ्चार माध्यमबाट एकाएक ‘मिति र तह’ मा समेत प्रधानमन्त्री दाहालले आश्चर्य व्यक्त गरेका थिए ।

प्रधानमन्त्री दाहाल शुक्रबारको बैठकमा मधेशी दलका नेतालाई आस्वस्त पार्दै भने, ‘तीन बुँदे सहमति अनुसार नै संविधान संशोधन गरी निर्वाचन मिति तोक्ने छु । आफुले मोर्चालाई अलग्याएर कुनै हालतमा निर्वाचनमा नजाने कुरामा तपाइहरु विश्वस्त हुनुहोस ।’ दाहालले मधेशी दलका नेताहरुलाई जानकारी गराउदै भने, ‘संबिधान संसोधनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग मेरो गम्भीर र निर्णायक वार्ता अघि बढिरहेको छ ।’ उनले संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसँग  छलफल भैरहेको र त्यो सकारात्मक दिसातर्फ गइरहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण