
काठमाडौ, २५ असार । निर्वाचन आयोगले मङ्सिर ७ गतेका लागि तोकेको संविधानसभाको निर्वाचन बारे सरकारसँग जानकारी लिएको छ । आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित मन्त्रीहरुलाई बोलाएर आयोगले चुनावको तयारी र त्यसअघि गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराएको छ । आयोगले प्रधानमन्त्री भट्टराईलाई मङ्सिर ७ को चुनावका लागि साउन ७ गतेसम्ममा अन्तरिम संविधानलगायतका आवश्यक ऐन कानुन संशोधन गरिसक्न पनि भनिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीले समयमा ऐन नियम संशोधन नभए निर्वाचन गर्न कठिन हुने विषयमा पनि स्पष्ट पारेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले निर्वाचनको तयारीप्रति सरकार सन्तुष्ट र आफ्नो काम थाल्न पनि भनेको उप्रेतीले बताउनुभयो । आयोगले निर्वाचनका विषयमा भोलि दलहरुसँग पनि छलफल गर्दैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको
काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको
काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर