राष्ट्र विखंडनको पक्षमा अभिव्यक्ति दिदैं आएका सीके राउत जनकपुरमा पक्राउ

२१ माघ २०७३, शुक्रबार ०३:०३ मा प्रकाशित

जनकपुरधाम, २० माघ । राष्ट्र विखंडनको पक्षमा अभिव्यक्ति दिदैं आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरस्थित माछा बजार नजिकै भाडाको कोठामा बस्दै आएका राउतलाई प्रहरीले बिहीवार दिउँसो करिब २ बजेतिर पक्राउ गरेको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताले बताएका छन् ।

राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको हो । राउतलाई पक्राउ गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला प्रशासन कार्यालय धनुषालाई पठाएको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो । राउतलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर