प्रधानमन्त्री छलफलका लागि तयार

२५ असार २०६९, सोमबार १४:५९ मा प्रकाशित


काठमाडौं, २५ असार । दलहरुसंग सहमति नगरी एकलौटी सरकार सञ्चालन गरेकामा चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्री बाबुराम भट्टराईले केही लचकताको संकेत गरेका छन् । संविधानसभा विघटनपछि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई पहिलोपटक उनले छलफलका लागि बोलाएपछि यस्तै अनुमान गरिएको छ ।
प्रधानमन्त्रीका स्वकीयसचिव विश्वदीप पाण्डेका अनुसार भोली मंगलबार बिहानै छलफलका लागि डा. भट्टराईले सबै दलका नेतृत्वलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा बिहान ८ बजे हुने छलफलमा मुख्यगरी आगामी बजेट, निर्वाचन र मुलुकलाई राजनीतिक निकास दिनका निम्ति राष्ट्रिय समझदारी कायम गर्ने विषयमा हुने बताइएको छ । राष्ट्रिय एकता, स्वाधीनता र मुलुकको र्आिर्थक विकासमा सबै राजनीतिक दलहरुको वीचमा एकता हुनुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको पाण्डेले उल्लेख गरेका छन् । दलहरुबीच सहमति भए जस्तोसुकै त्याग गर्न पनि प्रधानमन्त्री तयार रहेको समेत उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा