राष्ट्रपती डोनाल्ड ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डरमा हस्ताक्षर

१३ माघ २०७३, बिहीबार ०३:०४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस , १३ माघ । राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा अनुरुप पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नितिलाई उल्ट्याउदै मेक्सिको सिमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डर जारी गरेका छन । राष्ट्रपती ट्रम्पले पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नितिलाई उल्ट्याउदै बुधवार मेक्सिको सीमामा पर्खाल लगाउने र अध्यागमन सुरक्षा सम्बन्धी संघिय सहयोग बन्द गर्ने ‘स्यान्कच्वरी सिटी’ एक्जुकेटिव अर्डरमा हस्ताक्षर गरेका हुन ।

एक्जुकेटिव अर्डरमा हस्ताक्षर गरे लगत्तै राष्ट्रपती ट्रम्पले भने, ‘सिमा सुरक्षा र अध्यागमन नितिलाई सहि निती तर्फ डोर्याउने असल सुरुवात हो जारी गरिएको एक्जुकेटिव अर्डर ।’ उनले जोड दिएर भनेका छन, मेक्सिकोसँगको सीमा सुरक्षा भनेको सुरक्षित पर्खाल निर्माण गर्नु हो र एक्जुकेटिव अर्डरले असल कार्यको सुरुवात गरिसकेको छ । संयुक्त सीमा सुरक्षाको लागि पर्खाल निर्माण गरिने हुँदा पर्खाल निर्माणको खर्च मेक्सिकोले पनि ब्यहोर्नु उपयुक्त हुनेछ ।’ स्मरण रहोस अर्को साता व्हाइट हाउसमा राष्ट्रपती ट्रम्प भेट्ने तयारीमा रहेका मेक्सिकोका राष्ट्रपती इनरिक पेना नियतोले मेक्सिकोले यस्तो खर्च ब्योहोर्न नसक्ने बताउदै आएका छन ।

राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा अनुरुप पूर्ववर्ती डेमोक्र्याट राष्ट्रपती बराक ओबामाको महत्वपूर्ण उपलब्धी भनेर प्रचार गरिएको ओबामा स्वास्थ्य सुधार बिल ‘ओबामा केयर’ बिरुद्ध समेत एक्जुकेटिव अर्डर जारी गरिसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या