सत्तारुढ दल र मधेसी मोर्चाको बैठक: सहमतिमै राजनीतिक निकास खोज्न छलफललाई तिब्रता दिने निर्णय

१२ माघ २०७३, बुधबार ०३:१६ मा प्रकाशित

काठमाडौं, ११ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताको बैठकले मूख्य बिपक्षि दल एमाले सँगको सहमतिकै आधारमा संबिधान संसोधन र निर्वाचन तिथी घोषणा गर्ने सहमति भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलबार साँझ बसेको बैठकले सहमतिमै राजनीतिक निकास खोज्न छलफललाई तिब्रता दिने निर्णय समेत गरेको छ । बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन र स्थानीय तह पुनसंरचना आयोगले बुझाएको प्रतिवेदनका विषयमा छलफल केन्द्रित भएको थियो ।

बैठकमा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा मागेका थिए । बैठकमा सत्ता पक्ष, प्रतिपक्षी दल (एमाले) र मधेस केन्द्रित दलबीच सहमति जुटाएर संविधान संशोधन, स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणाबारे टुंगोमा पुग्ने निर्णय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठीलगायत सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा