त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा सुचारु

२५ असार २०६९, सोमबार ११:४६ मा प्रकाशित

काठमाडौ, २५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आन्दोलनरत चिकित्सकहरुले आन्दोलन स्थगन गरेपछि आजदेखि अस्पतालको सेवा सुचारु भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्रा डा कुमुदकुमार काफ्ले लगायतले हिजो साँझ अनशनरत प्रा डा गोविन्द केसीलाई फलफूलको जुस खुवाएर अनशन तोडाउनुभएको थियो । अध्ययन संस्थानमा करिब ९ महिनादेखि डिनसहित उच्च पदाधिकारी रिक्त रहेकाले तत्काल पदपूर्ति गर्नुपर्ने मागगर्दै प्रा डा केसीले गएको बिहीबारदेखि आमरण अनशन सुरु गर्नुभएको थियो । त्रिविले मागको सम्बोधन गर्दै अस्ति डिनमा वरिष्ठताका आधारमा प्रा डा काफ्लेलाई नियुक्त गरेको थियो । पाँच हप्तापछि उमेर हदका कारण अनिवार्य अवकाश पाउन लाग्नुभएका प्रा डा काफ्लेले आज पदबहाली गर्ने अस्पतालका प्रशासक चन्द्रकुमार राईले जानकारी दिनुभयो । अस्पतालमा सहायक डिन, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायतका पदाधिकारी नियुक्त हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार