मातृका माओवादीद्धारा काङ्ग्रेस सभापतिको घर घेराउ

२५ असार २०६९, सोमबार ११:४४ मा प्रकाशित

काठमाडौ, २५ असार । संविधानसभाको विघटनमा प्रमुख दलका शीर्ष नेताहरु मुख्य दोषी भएकोभन्दै मातृका यादव संयोजक रहेको नेकपा, माओवादीले विरोधमा नेपाली काङ्ग्रेस सभापति सुशील काइरालाको निवास घेराउ गरेको छ ।  नेकपा, माओवादीका कार्यकर्ताहरुले अहिले कोइराला निवास महाराजगन्जमा पुगेर नारावाजी गरेका थिए । तोकिएको समयावधिमा संविधान जारी गर्न नसकेकोभन्दै नेकपा, माओवादीले हिजोदेखि प्रमुख दलका शीर्ष नेताहरुको निवास घेराउ अभियान सुरु गरेको थियो । बिहान ११ देखि मध्यान्ह् १२ बजेसम्म कोइराला निवास घेराउ गरेको नेकपा, माओवादी बागमती ब्यूरो सेक्रेटरी सुजनले जानकारी दिनुभयो । वितेको २ वर्षमा सभासदहरुले लिएको भत्ता फिर्ता, संयुक्त क्रान्तिकारी सरकार गठन, दिगो शान्ति स्थापना, महङ्गी तथा कालोबजारी नियन्त्रण लगायतका माग राखेर नेकपा, माओवादीले नेताहरुको घर घेराउ र भण्डाफोर कार्यक्रम सुरु भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका