‘मेक्सिको बोर्डरमा पर्खाल पनि लगाइनेछ, ओवामा केयर पनि सिघ्र खारेज गरिने छ’

२८ पुष २०७३, बिहीबार ०७:३१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २८ पुस । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले आफु निर्वाचित भएपछी पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलमा बिपक्षी डेमोक्र्याट पार्टीको आन्तरिक सुचना ह्याक गर्ने कार्यमा रुसको संलग्नता रहेको भन्ने संघिय जांच ब्यूरोको आरोपलाई स्विकारेका छन । बुधवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति ट्रंपले बिपक्षी डेमोक्र्याट पार्टीको आन्तरिक सुचना ह्याक गर्ने कार्यमा रुसको संलग्नता रहेको भन्ने संघिय जांच ब्यूरोको आरोपलाई स्विकार्दै भने, ‘अमेरिका र रुसको सम्बन्ध आगामी दिनमा सुमुधुर हुनेछ भन्ने कुरामा म विश्वाश गर्दछु । आसा गर्दछु रुसद्वारा यस्तो घटना दोहोर्याइने छैन।’

आफ्नो पहिलो पत्रकार सम्मेलनमा ट्रम्प्ले भने, ‘मेरो कार्यकालमा रुसले अमेरिकाको सम्मान गर्नेछ ।’ ट्रम्पले जोड दिएर भने, ‘उनको निजी मामाका सुचनाहरु रुससँग सुरक्षित रहेको भन्ने कुरामा म विश्वाश गर्दिन, यो हावादारी कुरा हो ।’

प्रतिद्वन्दी हिलारी क्लिन्टन तर्फ लक्षित गर्दै उनले भने, ‘रुस मात्र होइन चाइना लगायतका देशहरु समेत अमेरिकामा साइबर हमला गरिरहन्छन ।’

ट्रंपले अमेरिकी मतदाताहरुलाई आस्वस्त रहन आग्र्ह गर्दै भने, ‘मेरो ब्यापारले अमेरिकी हितलाई प्रभाव नपारोस भनेर मैले आफ्नो संलग्न रहेको ब्यापारबाट अलग रहने निर्णय गरेको छु ।’

आफ्नो चुनावी घोषणा पुरा गर्ने दावी गर्दै ट्रंपले भने, ‘मेक्सिको बोर्डरमा पर्खाल पनि लगाइनेछ र ओवामा केयर पनि सिघ्र खारेज गरिने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा