राष्ट्रपतिले सत्ता लिनुपर्ने बिजुक्छेको धारणा

२५ असार २०६९, सोमबार ०९:४८ मा प्रकाशित

काठमाडौं, २५ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सत्ता आफ्नो हातमा लिनुपर्ने सुझाव दिनुभएको छ । अहिलेकै अवस्था रहिरहे मलुक थप समस्यामा फस्ने भन्दै उहांले राष्ट्रपतिले अभिभावकको भूमिका निभाउनुपर्ने बताउनुभएको हो । आज बिहान एक रेडियो अन्तर्वार्ताका क्रममा अध्यक्ष बिजुक्छेले राष्ट्रपतिलाई अधिकार दिने विषयमा सर्वपक्षीय छलफल गर्न सकिने उल्लेख गर्दै सबै समस्याको निकासका लागि सर्वदलीय बैठक आवश्यक भएको बताउनु भयो । हरेक दलले प्रस्तुत गर्ने विकल्पबारे गम्भीरताका साथ छलफल गर्नुपर्ने र गतिरोध अन्त्यको स्पष्ट खाका बनेपछि मात्र प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो