राष्ट्रपति भवनमा शीर्ष नेताहरुवीच आरोप-प्रत्यारोप

२२ पुष २०७३, शुक्रबार ०२:३५ मा प्रकाशित

काठमाडौं, २१ पुस । दलहरुवीच देखिएको विवादको गाँठो फुकाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले डोकेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक नेताहरुवीचको आरोप प्रत्यारोपमै बैठक टुङिएको छ ।

सहमतिको लागि राष्ट्रपति भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेकी थिईन्। तर नेताहरु आ आफ्नै तालमा र अडानमा रहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएकोले यसलाई जतिसक्दो चाँडो फिर्ता लिनुपर्ने जिकिर गरे। उनले संशोधन प्रस्ताव फिर्ता लिनेवित्तिकै जारी संसद अवरुद्ध पनि सूचारु हुने विश्वास दिलाए।

तर एमाले अध्यक्ष ओलीको भनाई खस्न नपाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिला संसद सूचारु गर्नुपर्ने माग राखे। एनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयक कुनै हालतमा फिर्ता नहुने जिकिर गरे।

प्रधानमन्त्री दाहालको भनाईलाई समर्थन गर्दै प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रस्ताव कुनै हालतमा फिर्ता नहुने अडान दोहोर्याए।

शीर्ष नेताहरुवीच नै यसरी आरोप प्रत्यारोप भएपछि राष्ट्रपति भण्डारीले घुमाउरो पाराले चुनावको तयारीबारे नेताहरुसँग चासो राखेकी छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले आफ्नो तयारी गरिरहेका बताए । अब २४ गते संसद सुचारु हुने भन्दै उनले चुनावसम्वन्धी विधेयक, संविधान संशोधन सबै अघि बढ्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुले मधेसीलाई पनि सामेल गरेर जाऔं भनेको बताए । उनले प्रदेश सभा नै नबनेको अवस्थामा कसरी सहमति लिने भन्दै प्रश्न गरे ।

राष्ट्रपति भण्डारीले बिहीबार साँझ कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतालाई शीतल निवासमा बोलाएकी थिइन् । उनले ०७४ माघ ७ भित्र तीन वटा चुनाव गर्नु पर्ने संवैधानिक बाध्यता भएपनि दलहरु गम्भीर नदेखिएको भन्दै आक्रोस समेत पोखिन् ।

तर आजको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले मुलुकको निकासको लागि ठूला दलहरु गम्भिर नभएको गुनासो पोखेका थिए। नले सत्तारुढ दल भएपनि आफ्नो दलसँग सरकारले अहिलेसम्म कुनै गम्भिर छलफल नगरेको समेत राष्ट्रपतिसामू गुनासो गरेका थिए। स्रोतका अनुसार अध्यक्ष थापाले यहि अवस्थामा अघि बढ्न नसक्ने भन्दै दलहरुबीच नयाँ सहमति चाहिने र त्यसका लागि गहन छलफल तथा सम्वाद आवश्यक रहेको भन्दै नयाँ सुझाव दिएका छन्।

उता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेपनि प्रमुख तीन दल आ आफ्नै तालमा लागेको गुनासो पोखे। उनले पनि आफ्नो दलसँग निकास तथा समस्या समाधानको लागि कुनै छलफल नगरिएको गुनासो पोखे।

बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले २४ गते एमालेले संसद खोल्नु पर्ने बताए । त्यसपछि संविधान संशोधन, चुनावसम्वन्धी विधेयक टेबल हुने भन्दै उनले महाअभियोगलाई अघि बढाउन कांग्रेस तयार भएर आउनु पर्ने बताए ।संशोधन टेबल भएपछि दलहरुबीच छलफल गरेर सहमतिमै अघि बढ्न सकिने उनले बताएका छन् ।

भण्डारीले बिहीबार साँझ कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतालाई शीतल निवासमा बोलाएकी थिइन् । उनले ०७४ माघ ७ भित्र तीन वटा चुनाव गर्नु पर्ने संवैधानिक बाध्यता भएपनि दलहरु गम्भीर नदेखिएको भन्दै आक्रोस समेत पोखिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा