संविधान संशोधन दुई तिहाईले पारित गर्ने सुत्र मसँग छ: काँग्रेस सभापति देउवा

१६ पुष २०७३, शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौं, १६ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित गरेरै छाड्ने दावी गरेका छन । शुक्रबार काँग्रेस–मधेशी मोर्चासँगको बैठकमा बोल्दै सभापति देउवाले सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक कुनै हालतमा पारित हुने दावी गरेका हुन । बैठकमा देउवाले मधेशी नेताहरुको जिज्ञासाको जवाफ दिदै भने,‘कि त सोमबार प्रस्ताव टेबुल हुन्छ, नभए अर्को बैठकमा टेबुल हुन्छ ।

त्यसपछि प्रस्ताव पारित पनि हुन्छ र निर्वाचनको मिति पनि तय हुन्छ।’ बैठकमा काँग्रेस सभापति देउवा आज निकै स्पष्ट रुपमा प्रस्तुत भएका थिए ।

बैठकमा सहभागी मोर्चाका अधिकांश शीर्ष नेताहरु देउवाको यो अभिव्यक्तिलाई लिएर प्रफुल्ल बनेका थिए । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मैले महाकाली सन्धि पारित गराएको हुँ त्यसैले यो संशोधन विद्येयकपनि दुई तिहाईले पारित गर्ने सुत्रहरु मसँग छ, तपाईहरुले कुनै चिन्ता नलिनुहोस्, संशोधन प्रस्ताव पारित गराउन मलाई कुनै आईतबार कुर्नुपर्दैन ।’

त्यतिमात्रै नभए उनले मुलुकलाई बचाउनको लागि काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने भएकोले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नको लागि पनि विशेष भूमिका निर्वाह गर्ने जनाए। उनले भने,‘दुर्घट्नाबाट मूलुकलाई बचाउनको लागि चुनावमा जानैपर्छ, चैत्रमा नभएपनि आगामी ०७४ सालको बैशाखतिर भएपनि चुनाव गराएरै छाड्छौं ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विद्येयकको विरुद्ध लगातार सदन अवरुद्ध गरिरहेको बेला काँग्रेस–मोर्चावीच भएको बैठकमा यस्तो निर्णय भएपछि अब राजनीतिमा नयाँ तरँग पैदा भएको छ । सत्तारुढ दल अब जसरी हुन्छ पेलेरै भएपनि संशोधन प्रस्ताव पारित गर्ने पक्षमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको