पूर्व प्रशासकहरुले प्राङ्गारिक मल प्रयोग अभियान चलाउने

२४ असार २०६९, आईतवार १८:०१ मा प्रकाशित

काठमाडौ, २४ असार । रासायनिक मलको अभाव भइरहेका बेला प्राङ्गारिक मल प्रयोगको अभियान चलाइने भएको छ । पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल, पूर्व सदस्य हरिकृष्ण उपाध्याय, पूर्व अर्थसचिव एवम् राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहकार विद्याधर मल्लिक, कृषि विकास बैंकका पूर्व महाप्रवन्धक श्रीकृष्ण उपाध्याय, मदन राईलगायतले प्राङ्गारिक मलको अभियान सुरु भएको घोषणा गर्नुभएको छ । नेपाल अर्गानिक फाउन्डेसनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अभियानको घोषणा गर्दै फाउन्डेसनका बाँस्कोटाले तत्काल सबै किसानलाई प्राङ्गारिक मलको प्रयोग गरेर अर्गानिक खेतीबारे जानकारी गराउन नसके पनि केही वर्षभित्र सबै किसानसम्म अर्गानिक कृषि प्रणालीको विकास गराउने लक्ष्य राखेको जानकारी दिनुभयो । फाउन्डेसनका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पोखरेलले प्राङ्गारिक बस्तुको निर्यात प्रवद्र्धन गर्न निर्यात परिमाण हेरी १५ देखि २५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था अबको बजेटमा व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । अहिले नेपालमा वार्षिक आठ लाख टन रासायनिक मलको माग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका