न्यूयोर्कमा कविता संग्रहको विमोचन तथा विवेचना

७ पुष २०७३, बिहीबार २२:२८ मा प्रकाशित

ज्योतिकुमार श्रेष्ठ, न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यूयोर्क च्याप्टरको आयोजनामा कवयत्री विजया सिम्खडाको पहिलो कविता संग्रह ‘श्याम श्वेत’ गत आईतवार यहाँ आयोजित एक समारोहमा विमोचन गरियो । सो कार्यक्रममा कवि राजेन्द्र श्रेष्ठको पहिलो कविता संग्रह ‘आँकुरा’ र कवयत्री शकुन ज्ञवालीको दोश्रो नयाँ कविता संग्रह ‘तिमी र म’ को न्यूयोर्कका साहित्य सर्जकहरुद्वारा विवेचना गरिएको थियो ।

कवयत्री शकुनको ‘तिमी र म’ गत कार्तिक १२ गते पोखरामा विमोचन गरिएको थियो भने कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ कार्तिक २५ गते काठमाण्डौमा विमोचन गरिएको थियो । कवयत्री शकुन ज्ञवालीको पहिलो कविता संग्रह ‘पालुवा र मन्जरी’ हो ।

ny-1न्यूयोर्कका वाणिज्यदूत एवं कवि कृसु क्षेत्रीको प्रमुख आतिथ्य र अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष एवं कविता संग्रह ‘आँकुरा’ का कवि राजेन्द्र श्रेष्ठको सभापतित्वमा न्यूयोर्कको ज्याक्शन हाईट्समा सम्पन्न सो कार्यक्रममा संचारकर्मी शैलेश श्रेष्ठले विजया सिम्खडाको ‘श्याम श्वेत’ का बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ को वारेमा साहित्यकार ज्योति पौडेलले र शकुन ज्ञवालीको ‘तिमी र म’ को बारेमा साहित्यकार गीता खत्रीले विवेचना गर्नु भएको थियो ।

साहित्यकारद्वय मणी बांग्देल र लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा उद्घोषण गर्नु भएको सो कार्यक्रममा न्यूयोर्क तथा वरपरका साहित्यानुरागी नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त कार्यक्रम रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरी संसारका सबै कुनामा रहेका नेपाली समुदाय माझ पुर्याउन सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद