राष्ट्रिय एकताको मर्म माथि निर्मम प्रहार भइरहेको छ: पूर्व राजा ज्ञानेन्द्र शाह

७ पुष २०७३, बिहीबार ०२:५९ मा प्रकाशित

काठमाडौँ, ६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको पछील्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि पोख्दै सहित आफ्नो अभिब्यक्ती सार्वजनिक गरेका छन । बुधबार साँझ जारी गरेको विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्रले सबै नेपाली राष्ट्र बचाउन फेरि एक पटक एक जुट भएर लाग्न आग्रह गरेका छन् । उनले विज्ञप्तीमा थप भनेका छन,“राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ। हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं, समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन।”

विज्ञप्तीमा उनले थप भनेका छन, “पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउंदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो ।”

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठसहित :
आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भुमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउंदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो । तर वर्तमान अवस्थामा मुल्य र मान्यतामा आधारित राजनीति नहूनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ ।

नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशस् जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ ।

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।

नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सह अस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।

अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मष्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजय शक्तिको रक्षा गरौं । एक समय भड्की सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल ।

२०७३ साल पौष ६ गते

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्