गरिबीको अन्त्यको लागि कृषिलाई आधुनिकिकरण गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ

२४ असार २०६९, आईतवार १७:५७ मा प्रकाशित


काठमाडौ, २४ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा अझै दुई–तिहाइ जनसंख्या कृुषिमा नै निर्भररहेकोले देशको आर्थिक विकासको गतिलाई वढाउन रोजगारी र्सिजना गर्न र गरीवी अन्त्य गर्न कृषि क्षेत्रको आधुनिकिकरण गर्नुपर्ने बताउनु भएको छ । त्रिभुवन विश्व विद्यालयको ३७ औं दीक्षान्त समारोहलाई आज सुम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले कृषि विज्ञान तथा वायोइञ्जिनियरिंग, लगायत अन्य भौतिक तथा प्राकृतिक वैज्ञानिकहरुले कृषिको विकासमा योगदान गर्न सक्ने बताउनुभयो । उहाँले अहिलेको शिक्षालाई पुनरावलोकन पनि गर्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक विकासका लागि आफूसंग भएको प्राकृतिक र मानवीय स्रोत र साधनको बुद्धिमतापूर्ण प्रयोग गर्न दिक्षित विद्यार्थीलाई आग्रहगर्दै  अहिलेको पुस्ताले नै उपलब्ध स्रोतहरुको अत्याधिक प्रयोगगरी भावी पुस्तालाई उपयोग गर्न नपाउने अवस्था ल्याउन नहुने धारणा राख्नुभयो । नेपाली जनताको वलिदान पश्चात् प्राप्त गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेसी, समानुपातिकता जस्ता उपलब्धीहरुको रक्षा गर्दै उन्नत राज्य व्यवस्थाको स्थापना गर्ने भियानमा सवै उच्च शिक्षा प्राप्त युवा पंक्ति एक हुनुपर्ने प्रधानमनत्री भट्टराईले बताउनुभयो । शिक्षाबाट बञ्चित भएकाहरुलाई अवसर जुटाई दिने र शिक्षाको अवसरबाट वञ्चित हुननपर्ने अवस्थाको सिर्जनागर्नमा लाग्न प्रधानमन्त्रीले सबै दिक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो । आजको विशेष समारोहमा करिब ३ सय बढि विद्यार्थी दिक्षित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका