पाँच नं प्रदेश विभाजन गर्नुहुँदैन ः कांग्रेस महामन्त्री कोइराला

२२ मंसिर २०७३, बुधबार ०१:४६ मा प्रकाशित

चितवन, २२ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताउनुभएको छ । चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा मंगलवार पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट गर्नुभयो ।

“जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उहाँले भन्नुभयो, “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो” महामन्त्री डा कोइरालाले भन्नुभयो, “प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपर्थ्यो, त्यो हुन सकेन । ”

उहाँले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिनुभयो ।

भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उहाँले नेपालमा पनि पिछडिएका जातिलाई छुट्टै बजेटको व्यवस्था प्रदेशभित्रै गर्न सकिने बताउनुभयो ।

ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभयो । डा कोइरालाले भन्नुभयो “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ ।”
पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने बताउँदै उहाँले छिटो निकास निकाल्न नसके जनताको विश्वास गुमेर जाने चेतावनी दिनुभयो । “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ” उहाँले भन्नुुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय