चिकित्साशास्त्र संस्थानमा डिन नियुक्त, अनसन जारी

२४ असार २०६९, आईतवार १४:५१ मा प्रकाशित

काठमाडौ, २४ असार । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा डा कुमुदकुमार काफ्लेलाई नियुक्त गरेको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा लामो समयदेखि डिनसहित उच्च पदाधिकारी रिक्त रहेकामा तत्काल पदपूर्ति गर्नुपर्ने माग गर्दै प्रा डा गोविन्द केसीले बिहीबारदेखि सुरु गर्नुभएको आमरण अनशनलाई सम्बोधन गर्दै परिषद्को शनिबार बेलुकी अबेर बसेको बैठकले डिनमा प्रा डा काफ्लेलाई नियुक्त गरेको हो । पाँच हप्तापछि उमेरहदका कारण स्वतः अवकाश पाउन लाग्नुभएका प्रा डा काफ्लेलाई नियुक्त गरिएको र रिक्त सहायक डिन, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायतका पदाधिकारी नियुक्त नगरेर आफूहरुलाई झुक्याउन खोजिएको भन्दै अनशनमा बस्नुभएका प्राध्यापक डा केसीले अनशन जारी राख्ने हुनुभएको छ । अठार महिनादेखि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन, सहायक डिन, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको पदपूर्ति हुन नसकेकामा त्यहाँ कार्यरत कर्मचारी सङ्घसङ्गठनले आवाज उठाउँदै आइरहेका छन् । नेपालको सबैभन्दा पुरानो र ठूलो गुणस्तरीय चिकित्सा र स्वास्थ्य सेवा प्रदान गर्ने अन्तर्राष्ट्रियस्तरको संस्था त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान र शिक्षण अस्पतालमा पदाधिकारी नियुक्ति नहुँदा धरासायी बन्दै गएको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न दबाब दिने उद्देश्यले प्राध्यापक डा. केसीले अनशन थाल्नुभएको थियो । शिक्षण अस्पताल प्राध्यापक एकाइका सचिव डा प्रदीप ज्ञवालीले प्रा डा केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको र डिन मात्रै नियुक्त गरिएकाले अब के गर्ने भन्ने विषयमा प्राध्यापक तथा चिकित्सकको बैठक बस्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ