एनआरएनए अमेरिकाको वार्षिक साधारण सभा २०१७ को जनवरी १४ तारिखका दिन टेक्सासमा आयोजना हुँदै

१५ मंसिर २०७३, बुधबार ०८:११ मा प्रकाशित

टेक्सास । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको वार्षिक साधारण सभा आगामी बर्षको १४ जनवरी, २०१७ का दिन टेक्सास राज्यको डलास शहरमा गर्ने निर्णय गरिएको छ । आसन्न साधारण सभाको कन्भेनरमा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष राम सि पोख्रेललाई तोकिएको छ । अमेरिकामा गैर आवाशीय अभियानलाई थप मजबुत र प्रभावकारी बनाउन टाउनहल मीटिंगको अवधारणा राखि एनआरएन अमेरिकाका उपाध्यक्ष रामसी पोख्रेलको संयोजकत्वमा हालै अमेरिकाका विभिन्न राज्यमा गरिएका टाउनहल मिटिंगबाट आएका सल्लाह एवम् सुझावहरुलाई समेत साधारण सभाको मूख्य एजेन्डा बनाइ छलफल गरिने बताइएको छ । एनआरएनए अमेरिकाको सदस्यता प्रक्रियालाई प्रभाकारी र भरपर्दो बनाउने गरि भेरीफिकेसन गर्ने गाइडलाइनको ड्राफ्ट एक हप्ता भित्र तयार गर्ने कार्य समेत सुरु गरिएको बताइएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा सल्लाहकार, च्याप्टरहरू तथा एनआरएन अमेरिकाका सम्पूर्ण अभियन्ता संगठित भई अमेरिकाको विभिन्न राज्यमा सदस्यता विस्तार प्रणालीलाई अझ प्रभावशाली तवरले संचालन गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर