बाढीबाट रुसमा १४१ को मृत्यु

२४ असार २०६९, आईतवार १४:४७ मा प्रकाशित

काठमाडौ, २४ असार । रुसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४१ पुगेको समाचारमा जनाइएको छ । हिजो आएको आँधीबेहरीसहितको बाढीका कारण आज बिहानसम्ममा बाढीमा परी मृत्यु हुने १४१ पुगेको हो । बाढी र पहिरोमा परी हराइरहेका थपको शव प्राप्त भएको उक्त प्राकृतिक प्रकोपको उद्वारका लागि खटिरहेका उद्वारकर्मीहरुले जनाएका रुसी गृह मन्त्रालयले जानकारी दिएको छ ।दक्षिणी रुसको क्रास्नोदास्की कारी स्थानमा हिजो सो बाढी आएको बताइएको छ । विगतका केही दिनदेखि जारी रहेको भारी वर्षाको क्रममा हिजो अकस्मात आँधी र ठूलो बाढी आएको बताइएको छ । तर आजभने सो बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र क्रिमस्क रहेको पाइएको छ । सो क्षेत्र सुची सहरबाट करिब १२० माइल उत्तरपश्चिम क्षेत्रमा पर्दछ ।    प्रभावित क्षेत्रमा ठूलो संख्यामा सैनिक एवम् संयुक्त सुरक्षाबल परिचालन गरी खोजी एवम् उद्वारका कार्य जारी राखिएको रुसको प्रकोप व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका

आजको प्रमुख समाचार