सरकारद्वारा दोस्रो संविधान संशोधन विधेयक प्रस्ताव संसदमा दर्ता

१५ मंसिर २०७३, बुधबार ०२:५७ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । मंगलबार साँझ संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरिएको हो ।

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन परिवर्तन गरि संशोधन प्रस्ताव पास गरेको हो । जस अनुसार प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुम अब प्रदेश नम्बर ४ मा समावेस गरिएको छ ।

संशोधन प्रस्तावमा भाषा आयोगको सिफारिस अनुसार राष्ट्रिय भाषा बनाउने गरी संविधानको अनुसूचीमा राख्ने उल्लेख छ । यस्तै नेपालीसँग विवाह गर्ने महिलाले पुरानो नागरिकता त्यागेपछि अंगीकृत नागरिकता दिने अर्को संशोधन छ ।

यस्तै राष्ट्रिय सभा गठनमा दलित, महिला र अपाङ्ग-अल्पसंख्यक गरी ३-३ जना प्रत्येक प्रदेशबाट चयन हुनेछन् भने बाँकी जनसंख्याका आधारमा हुनेछ । हाल संविधानमा प्रत्येक प्रदेशबाट समान ८-८ जना रहने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।