
काठमाडौँ, १२ मंसिर । विश्वमा भातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा आज अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ ।
म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत देशका ४०९ धावकको सहभागिता थियो ।
जसमध्ये दुईसय ३४ जना नेपालका तथा बाँकी अन्य मुलुकका थिए । ग्लोबल एक्सन नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा ४२ किमी, २१ किमी र १० किमीगरी तीन विधामा धावक दौडिएका थिए ।
सोमध्ये ४२ किमीको दूरी ककनीदेखि काठमाडौँको शिवपुरीसम्मको थियो । अन्य दूरीको दौड सोही क्षेत्रका गाउँ आसपासमा पूरा भएको थियो ।
म्याराथन दौड प्रतिस्पर्धात्मक नभएर सरकारले ल्याएको दिगो विकास लक्ष्यबारे चेतना जगाउने उद्देश्यले भएको विके श्रेष्ठले बताउनुभयो । रासस
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल
नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार