डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा

१२ मंसिर २०७३, आईतवार ०५:०७ मा प्रकाशित

काठमाडौँ, १२ मङ्सिर । सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।

सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताउनुभयो । केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिनुभएको थियो ।

डा केसी अनशनमा रहनुभएको यो दसौँ पटक हो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको