महोत्तरी, २४ असार । महोत्तरीको माईस्थान ३ विश्वकर्मा चोकबाट प्रहरीले गएराति ठुलो परिमाणमा लागु औषधसहित एक जना पुर्व प्रहरीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा महोत्तरी बिजलपुरा ९ का रामधनी महत्तो रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार महत्तो पुर्व प्रहरी हबल्दार भएको बताइएको छ । महोत्तरीको टिम्कीयाबाट लुकाई छिपाई ल्याईएको लागुऔषध माईस्थान ३ स्थित जगंल क्षेत्रमा खाल्डो खनेर लुकाउन लाग्दा प्रहरीले बिशेष सुराकीको आधारमा महत्तोलाई प्रतीबन्धीत लागुऔषधसहित प्रक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बाबुराज खड्काले जानकारी दिनुभयो । यता महत्तो पुर्व प्रहरी हो होइन केही भन्ने बिषयमा प्रहरीले केही पनि बताएको छैन । महत्तोेको साथबाट प्रहरीले स्पास्मो ७ सय ३० थान , नाइृट्रोभेट ३ सय थान तथा कोरेक्स ३० थान बोतल फेला पारेको छ । हाल महत्तोलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ
यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै
नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ
बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको