राष्ट्रपतिको सुझावपछि प्रचण्डले भने– बहिर जे हल्ला चलेपनि सहमतिमै बजेट आउँछ

२४ असार २०६९, आईतवार १४:४३ मा प्रकाशित

काठमाडौ, २४ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्तो वजेट आए पनि दलहरुको सहमतिमै आउने वताउनु भएको छ । राष्ट्रपति डा रामवरण यादवसँग आज विहान शीतलनिवासमा भएको भेटपछि सञ्चारकर्मीसँग माओवादी अध्यक्ष प्रचण्डले वाहिर जस्ता घटनाक्रम देखिए पनि सहमतिमा मात्रै वजेट आउने वताउनु भएको हो । सहमतिमै वजेट ल्याउनुपर्ने सुझाव राष्ट्रपतिलको दिएको उल्लेख गर्दै प्रचण्डले आफूले पनि राष्ट्रपतिलाई वजेटमा सहमति जुटाउन पहल जारी राखेको जानकारी गराउनु भएको थियो । अन्य राजनीतिक घटनाक्रमका वारेमा नेपाली काङ्ग्रेस,नेकपा एमाले, संयुक्त मधेसीमोर्चासँग छलफल जारी रहेको जानकारी दिंदै माओवादी अध्यक्ष प्रचण्डले सहमति भै नसकेको भए पनि सकारात्मक सङ्केत देखिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार