‘अङ्गिकृतलाई संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको होइन’

४ मंसिर २०७३, शनिबार २३:४७ मा प्रकाशित

काठमाडौँ, ४ मंसिर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दा प्रदेशलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने बताउनु भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधानमा भएको व्यवस्था र विगतमा सरकारसँग भएको सम्झौताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए ।

अध्यक्ष यादवले थरुहटलाई मधेसमा राख्नुपर्ने बताउँदै पहाडमा पहिचान र सामथ्र्यका आधारमा जनतालाई अधिकार दिनुपर्ने विचार व्यक्त गरे ।

उनले सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउँदै त्यसलाई बढाउनुपर्ने र कुनै पनि प्रदेशको प्रतिनिधित्व खाली नहुने गरी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए ।

नेता यादवले अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अङ्गको प्रमुख बनाउने माग मोर्चाको नभएको बताउँदै सबै भाषा, संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको