प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री हुनुपर्छ: एमाले वरिष्ठ नेता नेपाल

४ मंसिर २०७३, शनिबार २३:४४ मा प्रकाशित

काठमाडौँ, ४ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता माधवकुमार नेपालले संबिधान संसोधन गर्दा प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।

शङ्करापुर नगरपालिका–१ र ५ वडा कमिटीद्वारा आज जहरसिंह पौवामा आयोजित ‘वृद्धवृद्धा तथा एकल महिला सम्मान’ कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभामा एमालेले सो प्रस्ताव गर्दा मान्य नभएको तर हाल सबैले त्यस्तो हुनुपर्ने महसुस गरेको जनाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेको कार्यसूचीमा सबै दल आइपुग्ने दाबी गर्दै समयमा स्थानीय निकायको निर्वाचन गर्न पनि माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र जनता