सहमतिमै बजेट आउछः प्रधानमन्त्री

२४ असार २०६९, आईतवार १४:४१ मा प्रकाशित

काठमाडौ, २४ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट ल्याउने बारेमा आफ्नो छलफल सुरु भएका कारण आगामी आर्थिक वर्षको बजेट दलहरुको सहमतिमा नै आउने बताउनु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग आज विहान भएको भेटपछि सञ्चारकर्मीसँग प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेताहरुसँगको छलफल सुरु भइसकेका कारण सहमतिमा पूर्ण आकारको बजेट आउने बताउनु भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न प्रधानमन्त्री भट्टराई बिजुक्छे निवास भक्तपुर पुग्नु भएको थियो । भेटमा नेता बिजुक्छेले मुख्य दलहरू मात्र बसेर निर्णय गर्ने र अरू दलको उपेक्षा गर्ने कार्य नगरी सबै दलका नेतालाई बोलाएर रायसुझाव लिई अगाडि बढ्न र बजेटसमेत सहमतिमै ल्याउन सुझाव दिएको बताउनुभयो । मलको अभावले किसान समस्यामा परेकाले भारतसँग मात्र नभई अन्य देशहरूसँग पनि मल आयात गर्न सरकारले प्रक्रिया अगाडि बढाउनुपर्नेमा बिजुक्छेले जोड दिनु भएको थियो । शिक्षामा विदेशी हस्तक्षेपलाई रोक्नुपर्ने सुुझावसमेत आफूले प्रधानमन्त्रीलाई दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक