कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने सर्तमा संविधान संशोधन गर्न एमाले तयार

४ मंसिर २०७३, शनिबार ००:३३ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रस्ताव पेश गर्दै लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने सर्तमा संविधान संशोधन गर्न एमाले तयार रहेको जानकारी दिएका छन् ।

संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने हल्ला चलिरहेको बेला एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसामू यस्तो प्रस्तावहरु अघि सारेका हुन् । अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाले उच्च स्रोतले भन्यो,‘संविधान संशोधनमा एमालेले सहयोग गर्नुपर्ने हो भने, एमालेले राखेको कुरा पनि सरकारले स्विकार्नु पर्यो ।’

एमाले उच्च स्रोत दावी गर्छ, ‘प्रधानमन्त्री दाहालका दुत बनेर ओलीसँग नियमित सम्पर्कमा रहेका माओवादी केन्द्रका प्रभावशाली नेताद्धय कृष्णबहादुर महरा र वर्षमान पुनसँग ओलीले एमालेका शर्तहरु पुरा गर्ने गरि संबिधान संसोधन गर्न आफुहरु तयार रहेको जानकारी गराएका हुन् ।

दाहालका प्रतिनिधिसंगको भेटमा ओलीले संविधान संशोधनमा एमालेको सहयोग चाहिएको हो भने प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव पारित गर्ने आधार पेश गर्नुपर्ने शर्तमा संबिधान संसोधन गर्न सकिने जनाउ दिएका हुन् ।

त्यस्तै ओलीले तीन वटै निकायको चुनाव समयमै सम्पन्न नभए संविधान कार्यान्वयनमा जटिलता आउने भएकोले चुनाव सम्पन्न गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीसामू प्रस्तुत गरेका छन् । ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरेर तीन वटै निकायको चुनावको मिति समेत घोषणा गर्नुपर्ने माग गरेका छन् ।

त्यसो भयो भने मात्रै एमालेले संविधान संशोधनमा सहयोग गर्ने स्पष्ट पारेको छ । यद्धपी एमालेले मधेशी मोर्चाले भनेजस्तौ मोर्चाको माग अनुसारको संशोधन हुन नसक्ने अडान कायमै राखेको छ ।

दाहालका प्रतिनिधिहरुको निस्कर्ष छ ओलीले अघि सारेका प्रस्तावहरु सरकारले लागु गर्ने हो भने संविधान संशोधनमा एमालेले मध्यमार्गी रोज्दै संबिधान संसोधनमा सघाउने संकेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल