‘सभापतिलाई एक चीन नीतिप्रतिको दृष्टिकोण कसैले सिकाइरहनु पर्दैन’

२६ कार्तिक २०७३, शुक्रबार २३:५० मा प्रकाशित

काठमाडौं, २६ कार्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएको छ ।

हालै गोवामा भएको इण्डिया फाउन्डेसनको कार्यक्रममा तिब्बती नेता भेटेको भन्दै देउवाको आलोचना भएको थियो । देउवाले त्यसको खण्डन गरे । तर, तिब्बती निर्वा्सित प्रधानमन्त्री लोप्साङ साङ्गेसँग मञ्च शेयर गरेको तस्वीर बिहीबार मात्र सार्वजनिक भएको छ ।

शुक्रबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी दलाई लामाका प्रतिनिधि भेटेको दाबीको खण्डन गरे । देउवाले प्रमुख अथितिका रुपमा सम्बोधन गरेको र उद्घाटन सत्र सकिनासाथ हिँडेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘दर्शकदीर्घामा को-को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन ।’

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘चियोचर्चो गर्ने विषय पनि होइन । त्यसका बाबजुद कहाँ–कहाँको तस्वीर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया गरेको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’

कांग्रेस र चीन सरकारको सम्वन्धमा भ्रम सिजना गर्न खोजिएको भन्दै कांग्रेसले भनेको छ, ‘कांग्रेस पार्टी र सभापतिलाई एक चीन नीतिप्रतिको दृष्टिकोण कसैले सिकाइरहनु पर्दैन, एक चीन नीति हाम्रो विश्वास हो, कांग्रेस पञ्चशीलको सिद्धान्तमा दृढ छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला