४५ औं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवन यात्रा ः रियल स्टेट ब्यापार देखि ह्वाइट हाउससम्म

२५ कार्तिक २०७३, बिहीबार २२:५७ मा प्रकाशित

वासिङटन, २५ कात्तिक । रियालिटी शो र रियल स्टेट व्यापारीका चर्चित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिन थालेका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चा आएका थिए ।

उनलाई सन् २०१६ मा फोर्ब्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा परेका थिए । उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोर्ब्सले २०१६ मा अनुमान गरेको थियो ।

राष्ट्रपति निर्वाचित हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी र टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनले आफ्ना पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न भएका थिए । उनले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।

व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उहाँले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे ।

व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । मादक पदार्थ सेवन नगरेका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” बजारमा ल्याएका थिए ।

उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउन (जड्याँहा) भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गरेनन ।

तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका थिए ।

सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट उम्मेदवार मनोयन भएर निर्वाचित भएका हुन् ।

राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परेपनि अन्ततः ट्रंप अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार