उपत्यकाको लोडसेडिङ पूर्ण रुपले अन्त्य गरिने

२५ कार्तिक २०७३, बिहीबार २२:३४ मा प्रकाशित

काठमाडौँ, २५ कात्तिक । सरकारले परीक्षणका रूपमा काठमाडौं उपत्यकामा सुरु गरेको लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिने जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा जस्तै देशका अन्य भागमा समेत लोडसेडिङमुक्त अभियान सुरु गर्ने बताए ।

मन्त्री शर्माले भएकै स्रोतलाई परिचालन गरेर परीक्षणका रूपमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गरिएको उल्लेख गर्दै त्यसलाई जारी राखिने बताए । शर्माले दसैं–तिहारदेखि जारी रहेको लोडसेडिङमुक्त अभियानलाई सार्थक बनाउन विद्यत् प्राधिकरणले प्राविधिक तयारी गरिरहेको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप बिजुली आयात गर्ने पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक