कार्कीको नियुक्ति मुद्दामा मङ्सिर १६ गते पेसी तोकियो

२५ कार्तिक २०७३, बिहीबार २२:२९ मा प्रकाशित

काठमाडौँ, २५ कात्तिक । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो ।

कार्की निलम्बनमा परिसकेकाले कार्कीले पाउनुपर्ने सुविधा खोस्न माग गर्दै अधिवक्ता ओमप्रकाश आर्यालले यही कात्तिक १२ गते निवेदन दर्ता गरेका थिए । यसैबीच कार्कीले आफ्ना वारेस अधिवक्ता तेजबहादुर कटवाल मार्फत आजै मुद्दासम्बन्धी तारेख बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक