जित्यो जनताको छोरो ट्रंपले, हार्यो मुस्लिम अतिवाद, बाँच्यो अमेरिकी सपना र प्रजातन्त्रको लहर

२४ कार्तिक २०७३, बुधबार १३:३३ मा प्रकाशित

लसएन्जलस, २४ कार्तिक । अमेरिकी संस्थापन, सत्ताको हण्डी र सिन्डिकेटमा रमाउने संचार माध्यम, राजनीतिक दलाल, हतियार माफिया, उनकै दल रिपब्लिकन पार्टीका नेताहरुको पर्याप्त असहयोगका बाबजुद जनताको छोरो, उद्यमी र कर्ममा विश्वास गर्ने डोनाल्ड ट्रम्प जॉन भारी इलोक्ट्रोल र जनताको मत सहित अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

आज नोभेम्बर ८ तारिखका दिन भर्खरै सम्पन्न निर्वाचनको मतपरिणामले अमेरिकी आन्तरिक सूचना बेच्ने र पदिय दायित्व भुलेर मुस्लिमहरुको चन्दामा रमाउने भ्रष्टाचारको आरोप लागेकी प्रतिद्वन्दी डेमोक्र्याट हिलारी रोधम क्लिन्टन र उनका पूर्ववर्तीहरुको राज्य संचालन प्रक्रिया प्रति असन्तुष्ट रहेका अमेरिकी जनताले आफ्नो अभिमत मार्फत अमेरिकी जनताको छोरो डोनाल्ड ट्रम्पलाई ४५ औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित गरेका हुन् ।

पछिल्लो इलोक्ट्रोल मत परिणाम अनुसार उनले २७७ मत पाएर जित सुनिश्चित गरिसकेका छन् भने जनताको ५६, ९५९, ८२१ अर्थात् अहिले सम्म गनिएको ४८ प्रतिशत मत सहित उनले अग्रता लिएका छन् । रिपब्लिकन उम्मेदवार ट्रंपले विजयको लागि आवश्यक २७० भन्दा बढी इलोक्ट्रोल भोट अर्थात् २७७ इलोक्ट्रोल भोट र जनताको भारी मतले अग्रता लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल