भट्टराईको मति प्रचण्डले चाहे सुध्रन्छ ः माधव नेपाल

२४ असार २०६९, आईतवार ११:५६ मा प्रकाशित


काठमाडौं, २४ असार । पार्टीले जातीय पहिचानको आवाजलाई सम्बोधन नगरेकोले अलग्गै मोर्चा गठनको आवश्यकता रहेको भन्दै विभिन्न राजनीतिक दलका जनजाती नेताहरुले असन्तुष्टि व्यक्त गरेको परिवेशमा एमाले नेता माधव नेपालले आफ्नो पार्टीभित्रका जनजाति नेताहरु कुनै हालतमा पनि पार्टी छाडेर नजाने दाबी गरेका छन् । जनजाती नेताहरुले राखेको माग नै गलत भएको र उनीहरु पार्टीको अनुशासनमा बस्नुपर्ने भन्दै नेता नेपालले पार्टीभित्र गल्ती गर्नेहरु जोसुकै भएपनि सजायको भागीदार बन्नुपर्ने बताए । उनी प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्न आजै पोखरा पुगेका हुन् ।
कार्यक्रममा मनतव्य दिंदै नेपालले राष्ट्रपति, जनता र पार्टीहरुलाई बाबुरामले चुनौति दिएको उल्लेख गर्दै मुलुकको समस्याको जड बनेका भट्टराईलाई सबै मिलेर एक्ल्याउनु पर्ने बताए । बाबुरामलाई तानाशाहीको संज्ञा दिंदै सत्ता लम्याउनुबाहेक अरु कुनै ध्यय यतिबेला बाबुरामको नभएको उनको कथन थियो । पूर्ण बजेट लयाउने सरकारको कसरत बेकारको ध्वांस भएको दाबी गर्दै नेपालले कुनै हालतमा पूर्णबजेट आउन नसक्ने दाबी गरे । मति बिग्रिएको भट्टराईको मति सुधार्न चाहेमा प्रचण्डले मात्रै सक्ने पनि माधव नेपालको टिप्पणी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर