अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता, लोकमान स्वत: निलम्बित

३ कार्तिक २०७३, बुधबार २३:०८ मा प्रकाशित

काठमाडौँ, ३ कात्तिक ।ख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव दर्ता भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पुर्याएर प्रस्ताव अघि बढाइएको थियो । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।

एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कंग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।

महाअभियोग दर्तापछि स्वत: पद निलम्बित हुने भएकाले त्यसको जानकारी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद् र लोकमानसिंह कार्कीलाई पठाइएको छ ।

पत्रमा संविधानको धारा १०१ को उपधारा ६ बमोजिम कार्कीको पद स्वत: निलम्बन भएको उल्लेख छ । सभामुखको पत्रको अन्तिममा लेखिएको छ, ‘महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था भएकाले सोही व्यहोरा जानकारी गराउँदछु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण