गुप्ताको हत्या सुनियोजित भएको आशंका

२४ असार २०६९, आईतवार ११:२४ मा प्रकाशित

बीरगञ्ज, २४ असार । गत शनिबार गोली हानी हत्या गरिएको अवस्थामा भेटिएका बिन्दास एफ.एम. ९४.८ मेघाहर्जका प्रबन्ध निर्देशक सन्तोस गुप्ताबारे नयां रहश्योद्घाटन गरिएको छ । भारतको ढाका भन्ने स्थानमा अज्ञात समुहद्वारा हत्या गरिएका गुप्ता भारतीय जालीनोटको कारोवारी भएको बताइएको छ भने यही आरोपमा भारतीय प्रहरी प्रशासनकै योजनाअनुरुप उनको हत्या गरिएको हुनसक्ने यहां आशङ्का गरिएको छ । भारत रक्सौल बंैकरोड निवासी ३१ बर्सीय गुप्तालगायत तीनजनाको लगानीमा विगत पांच महिनादेखि यहां बिन्दास एफ.एम. प्रसारण हु“दै आएको छ ।
सीमावर्ती भारतीय रक्सौल प्रहरीले दिएको जानकारीअनुसार भारत बिहारको पुर्वी चम्पारण जिल्लाको ढाका चिरैयास्थित फुलबारीमा २३ गते बिहान गुप्ता मृत अबस्थामा फेला परेका हुन् । उनको शव पोष्टमार्टमका लागि भारतीय प्रहरीले मोतीहारी अस्पतालमा राखेको छ । घटनाका बारेमा पर्सा प्रहरीमा कुनै जानकारी नआएको र भारतीय नागरीकले वीरगंजमा रेडियो सन्चालन गरेको सम्बन्धमा पनि केही थाहा नभएकोले यस सम्बन्धमा अनुसन्धान गरिने पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक