गुटभन्दा राष्ट्र ठूलो हो: काँग्रेस महामन्त्री डा. शशाङ्क कोइराला

२८ आश्विन २०७३, शुक्रबार २३:४४ मा प्रकाशित

कावासोती, २८ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले तीन दलको सहमतिबिना संविधान संशोधन नहुने बताउनुभएको छ ।

कावासोतीमा नेपाल प्रेस युनियन नवलपरासीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पहिला तीन दल तथा पछि मधेसकेन्द्रित दल र अन्य दलसँग छलफल गरी संविधान संशोधनको कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सीमाङ्कनको कुरा सकेर स्थानीय तहको निर्वाचन पहिला गर्ने अनि प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गरेर संविधान कार्यान्वयन गर्न सकिनेमा महामन्त्री डा कोइरालाले जोड दिनुभयो ।
काँग्रेसले आगामी कात्तिक ४ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएकाले त्यसमा स्थानीय तह र राष्ट्रिय राजनीतिको निकासका बारे घोत्लेर निर्णय गरिने जानकारी उहाँले दिनुभयो ।

“ पार्टीमा गुटभन्दा राष्ट्र ठूलो हो भन्ने भावनाले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो,“राजनीतिमा सधैँका लागि सबै ठीक हुन्छ भन्ने नहुने भएकाले परिवर्तनप्रति बफादार हुनुपर्छ ।” रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र जनता