राष्ट्रपतिद्वारा विभिन्न शक्तिपीठको दर्शन

२३ आश्विन २०७३, आईतवार २२:१५ मा प्रकाशित

काठमाडौँ, २३ असोज । बडादसैँअन्तर्गत आज महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आईतबार साँझ नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा र नरदेवी पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभयो ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।
बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर