मनाङ-मुस्ताङका पहाड चढ्दै निशा

२४ असार २०६९, आईतवार ०४:०९ मा प्रकाशित

काठमाडौं । मान्छेका सौख फरकफरक हुन्छन् । त्यही भएर त मानिस पेशा एउटा अंगालेर पनि सौख पूरा गर्न नितान्त बेग्लै बाटोमा हिंड्छ । यस्तै कोशिसमा छिन्, नायिका निशा अधिकारी पनि । उनी अहिले आफ्नो धेरै अगाडिदेखिको सौख पूरा गर्न फिल्मी दुनियाँबाट अलग भएर एक महिने मनाङ यात्रामा निस्किएकी छिन् ।

उनी त्यहाँ ‘बेसिक माउन्टेनरिङ’ कोर्षको अभ्यासका लागि पुगेकी हुन् । ‘माउन्टेनरिङ गर्ने मेरो धेरै अघिदेखिको हब्बी हो,’ उनले मनाङबाट फोनमा भनिन्, ‘मलाई यस्ता कुराले निकै आनन्द दिन्छ ।’
कतिपयले नायिका निशाले सगरमाथा चढ्ने तयारी गरिरहेको अनुमान लगाएपनि उनले त्यसलाई अस्विकार गरिन् । ‘त्यो बिल्कुलै गलत कुरा हो,’ निशाले भनिन्, ‘तत्काल त्यस्तो कुनै योजना छैन ।’ तर भविष्यमा के हुन्छ अहिल्यै भन्न नसकिने बताउँदै उनले कुनै समय सगरमाथा चढ्न सक्ने संकेत भने गरिन् ।

उनी मनाङ-मुस्ताङ क्षेत्रबाट २५ तारिख काठमाडौं र्फकंनेछिन् । उनी अभिनित सिनेमा ‘मायाज बार’ प्रदर्शनको तयारीमा छ । निशाले आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक

काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको