छिमेकी हेप्ने भारत र आतंकवादको जननी पाकिस्तानको तनावले सार्क सम्मेलन स्थिगित

१३ आश्विन २०७३, बिहीबार ०८:३० मा प्रकाशित

काठमाडौं, १३ असोज । पूर्व निर्धारित आयोजक राष्ट्र पाकिस्तानले ९-१० नोभेम्बरमा आयोजना गर्ने भनिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन स्थगित भएको छ । साना छिमेकीलाई हेप्ने र दवाउने भारतीय नीति र आतंकवादलाई संरक्षण गर्दै आएको पाकिस्तान जस्ता नेपालका दुई छिमेकीराष्ट्रहरुको तनावको कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको नियमित शिखर सम्मेलन स्थगित भएको हो ।

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘सार्कका तीन सदश्य राष्ट्र सम्मेलनमा सहभागी हुन नसक्ने सूचनाका आधारमा सार्क शिखर सम्मेलन स्थगित गरिएको छ । बुधबार बंगलादेश, अफगानिस्तान र भुटानले सम्मेलनमा सहभागी हुन नसक्ने आ- आफ्नो देशको धारणा सार्वजनिक गरेका थिए । यस लगत्तै बुधबार आयोजक राष्ट्र पाकिस्तानले सम्मेलन विधिवत स्थगित भएको पुष्टि गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल