अमेरिकी राष्ट्रपति बहस: ट्रंपले हिलारीलाई भने, ‘अमेरिकी सुरक्षा चासो रहेको असंख्य इमेलको जवाफ देउ, म कर दाखिला सार्वजनिक गरुँला’

११ आश्विन २०७३, मंगलवार १०:०७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, ११ असोज । बहुचर्चित अमेरिकी निर्वाचन २०१६ अन्तर्गत राष्ट्रपति पदका लागि पहिलो पटक आयोजित बहसमा दावेदार डोनाल्ड ट्रंप र हिलारी क्लिन्टनले एक आपसका आन्तरिक कमजोरीको जमेर आलोचना गरे । यस अघि क्लिन्टन परिवारका मूख्य चन्दादाता ब्यापारी डोनाल्ड ट्रंपलाई आफ्नो धर्मपत्नीको प्रतिद्वन्दी देखेर होला उनका पति पूर्व राष्ट्रपति विल क्लिन्टन बहस अवधिभर पछिल्लो किनाराबाट बिना प्रतिक्रिया बहस नियाली रहेका थिए । हिलारी क्लिन्टनले बहसमा ट्रंपले आयकर दाखिला नगरेको मुद्धा उठाइन भने ट्रंपले विजयी भावमा रोजगारी र राष्ट्रिय सुरक्षामा पूर्व अमेरिकी विदेशमन्त्रीले गरेको इमेल लापरबाहीको मुद्दामा जोड दिए । मंगलबार साँझ उत्तरपूर्वी राज्य न्युयोर्कमा भएको बहसमा नश्लवाद, इराक युद्ध, आप्रवाशन, र अनियन्त्रित हतियार मूख्य मुद्धाका रुपमा बहसको विषय बनेको थियो । निर्धारित १ घण्टा ३० मिनेट चलेको बहसमा रोजगारी र बहुराष्ट्रिय कम्पनीको फिर्ती जस्ता मुद्धामा केन्द्रित रहेका ट्रंप निर्धक्क आफ्नो तर्क राखी रहंदा हिलारी आफ्नो कार्यकालको बचाउमा सिमित देखिन्थिन । स्मरण रहोस प्राइमरी उम्मेद्वारीदेखि आफ्नै दलभित्रको असहयोग र दलको तर्फबाट निर्वाचित पूर्वराष्ट्रपतिहरुको खुल्ला असहयोगको वावजुत चमत्कारिक विजयको झन्डा गाड्दै आएका ट्रंपको आजको बहसको उपस्थितिले व्हाइट हाउस उनलाई स्वागत गर्न तम-तयार छ भने, स्वयम् ट्रंप समेत अमेरिकी नेतृत्वकोविश्व नेता बन्न तयार छन् भन्ने संदेश हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको