के छ सवीरको ‘रेडवाइन’ भित्र ?

२४ असार २०६९, आईतवार ०४:०७ मा प्रकाशित

काठमाडौं । मदिरामा पि्रय वस्तु हो, रेडवाइन धेरैका लागि । निर्देशक सवीर श्रेष्ठलाई समेत रेडवाइन खुबै मन पर्दोरहेछ । कतिसम्म पि्रय रहेछ भने उनले आफ्नो पछिल्लो फिल्मको नामै ‘रेडवाइन’ जुराइदिए । यो फिल्ममा सस्पेन्स थ्रीलर शैलीको लभ स्टोरी हेर्न सकिने छ ।

जसरी रेडवाइनलाई धेरैले पि्रय पेयपदार्थ मान्छन्, त्यसैगरी उनको सिनेमालाई मन पराउने आधार रहला वा नरहला ? ‘अन्य थ्रीलर शैलीका सिनेमाभन्दा फरक गर्ने कोशिश गरेको छ,’ उनको भनाइ छ, ‘रेडवाइन साँच्चै रेडवाइनकै स्वादमा हुने छ ।’

अहिले उनी ‘हमेशा’ सिनेमामा व्यस्त भएकोले तिहारपछि मात्रै यसको छायांकन गरिने सवीरले फिल्म नेपाललाई जानकारी दिए । उनको यो छैटौं फिल्म हो । गायक एसकुमारको जीवनीमा आधारित चलचित्र ‘आदिबाटो’को काम समेत गर्दैछन्, उनी ।

फिल्मको चार वटा गीतको रेकर्डिङ भने शुरु भएको छ, १८ असारदेखि । दिनेश सुनामले संगीत निर्देशन गरेको फिल्मका लागि प्रमोद ढुंगाना र किरण खरेलले गीत कोरेका छन् ।
Source: www.filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ