विश्व ब्यापारिक केन्द्र न्यूयोर्कमा बम बिस्फोट, बिष्फोटमा परि तीन दर्जन घाइते

नेपाली अमेरिकन शुरक्षित
२ आश्विन २०७३, आईतवार ०९:५४ मा प्रकाशित

न्यूयोर्क, २ असोज । विश्व ब्यापारिक केन्द्र न्यूयोर्कको म्यानहटन भएको बम बिष्फोटनमा परि कम्तीमा ३ दर्जन नागरिक घाइते भएका छन् । बिष्फोट लगत्तै न्यूयोर्कका मेयर बिल डे ब्लासियोले संचार माध्यमलाइ भनेका छन्, ‘आतंकबादसंग यो घटनाको सम्बन्ध रहेको कुनै संकेत मिलेको छैन र म्यानहटनमा भएको बिष्फोटको सम्बन्ध न्यूजर्शिको घटनासंग जोडिने कुनै तथ्य यतिबेला सम्म फेला परेको छैन । न्यूयोर्क प्रहरी प्रमुख डे ब्लासियोका अनुसार म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचस्थित २३ औं स्ट्रीटमा स्थानिय समय अनुसार राती साढे ८ बजेतिर बिष्फोट भएको थियो जुन घटनामा कम्तिमा २९ जना घाइते भएको प्रहरीको अनुमान छ । प्रहरी अधिकारीहरु न्यूयोर्क आसपासका क्षेत्रमा बिष्फोटक पदार्थहरु भए नभएको बारे स्थलगत अनुसन्धान गरिरहेका छन् ।

बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका छन् भने केही भाग भत्किएका छन् । घटनापछि होमल्याण्ड सेक्युरिटी र एफबीआईका अधिकारीहरुले तत्कालै घटनास्थलमा प्रभावकारी उअप्स्थिति जनाउदै अनुसन्धान जारि रकेह छन् । बिष्फोटको कारण अहिलेसम्म खुलेको छैन सुरक्षा अधिकारीहरुका अनुसार त्यसबारे अनुसन्धान भइरहेको छ ।

न्युजर्सीमा पाइप बम बिष्फोट भए लगत्तै न्युयोर्कको म्यानहटनमा विष्फोट भएको हो । शनिबार विहान साढे ९ बजे न्युजर्सीमा पाइप बम बिष्फोट भएको थियो । हामीले न्युयोर्कस्थित नेपाली अमेरिकनका अगुवाहरुसंग घटना लगत्तै सम्पर्क राखेका थियौ र सोधेका थियौ, ‘त्यस क्षेत्रका नेपाली अमेरिकन सुरक्षित रहेका छन् ? यो समाचार तयार गर्दा सम्म प्राप्त खवर अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन शुरक्षित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ