प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुखर्जीबीच भेट

३१ भाद्र २०७३, शुक्रबार २२:३४ मा प्रकाशित

नयाँ दिल्ली, ३१भदौ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । यसअघि प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्