प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भदौ ३० देखि अशोज २ सम्म

२८ भाद्र २०७३, मंगलवार ००:२१ मा प्रकाशित

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक भारतको यही भदौ ३० गतेदेखि आगामी असोज २ गतेसम्म हुने चारदिने राजकीय भ्रमणका कार्यक्रमहरु सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री भारतको भ्रमणमा जान लागेका हुन् । भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारत सरकारको विशिष्ठ अतिथिका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत हाल नयाँ दिल्लीमा रहेर उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा महत, व्यवस्थापिका–संसद्का सांसद, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च सरकारी अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत पुगेलगत्तै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ भने राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी हुनेछन भने महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नेछन ।

यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गर्ने पनि कार्यक्रम तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार