अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

२८ भाद्र २०७३, मंगलवार ००:१३ मा प्रकाशित

काठमाडौँ,२७ भदौ । अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् ।

बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोस्रो पटक हो ।

भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका बमले ६० केजी मुनिको तौल समूहमा भने रजतमा चित्त बुझाए । कुल नौ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा बम फाइनलमा ब्रायन जोलीसँग पराजित भए । सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली खेलाडी खेमबहादुर थापाले कास्य जिते ।

बम र थापाले अर्को साता अस्ट्रेलियामै हुने दक्षिण अस्ट्रेलियाली अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसीपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार