एमाओवादी भारतपरस्त भएको वैद्यको दाबी

२३ असार २०६९, शनिबार २०:२० मा प्रकाशित

काठमाडौं, २३ असार । नवगठित नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपालका नेताहरुकै कारण मुलुकमा भारतीय हस्तक्षेप बढेको बताउनुभएको छ । आफ्नै नेताहरु मुलुकप्रति गम्भीर नबनेकाले समस्या बल्झिएको उहांको भनाई छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष वैद्यले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालदेखि वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई समेत भारतको इशारामा चल्नेगरेको आरोप लगाउनुभयो । आफूले विश्वास गरेका आफ्नै पार्टीका नेताहरुसमेत भारतपरस्त भएकोप्रति दुःख व्यक्त गर्दै उहांले नेपाली भूमिमा भारतीय क्रियाकलाप बढाउन माओवादी नेताहरुसमेत उद्यत् रहेको आरोप लगाउनुभयो । उहांले माओवादी, नेकपा एमाले, कांग्रेसलगायतका ठूला दलहरु सत्ताकेन्द्रित रहेकोले मुलुकलाई निकास दिलाउन फरक धार निर्माण हुनुपर्ने धारणा राख्नुभयो । पछिल्लो चरणमा देखापरेको राजनीतिक ध्रुवीकरणले राष्ट्रघातीहरुलाई पाखा लगाउने दाबी वैद्यले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो